प्रिमियर लिगमा ब्राइटनको लगातार दोस्रो जित

सहयात्रा टिभी

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा ब्राइटन विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा ब्राइटनले न्युक्यासल युनाइटेडलाई १–० ले हराएको हो । ब्राइटनले घरेलु मैदानमा प्रिमियर लिगको खेल जितेको यो लगातार दोस्रो पटक हो । पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा ब्राइटनलाई जिताउन ५१ औं मिनेटमा ओमर हेमदले गरेको गोल नै निर्णायक बन्यो । लिगमा अघिल्ला तीन जितेको न्युक्यासलले गोल गर्ने मौका सिर्जना गरेको थियो । तर त्यसमा सफल भने हुन सकेन । जितपछि ६ खेलबाट ७ अंक जोडेको ब्राइटन १३ औं स्थानमा उक्लिएको छ ।

प्रकाशित : 25 September, 2017

प्रतिक्रिया दिनुहोस्