केपी ओली प्रचण्ड माधव नेपाल एमाले


हेल्मेट लगाएर सवारी चलाउन होईन अस्पताल हाताभित्र सुरक्षार्थ लगाईएको हो : एनएमए­

सहयात्रा टिभी

काठमाडौं । सरकार र नेपाल मेडिकल एसोसिएसन (एनएमए­) बीच भएको सम्झौता व्यावहारिक नभएको भन्दै चिकित्सकहरुले लामो समयदेखि आन्दोलिन गर्दै आएका छन् । सोहि आन्दोलनका क्रममा चिकित्सकले यसअघि एक सातासम्म आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका थिए । सरकारले सुरक्षा ग्यारेन्टी नगरेको र दोषीलाई कारबाही गर्ने उचित कानुन नबनाएको भन्दै देशभरका चिकित्सकले हेल्मेट लगाएर बिरामीको उपचार गर्न थालेका छन् । चिकित्सकले हेल्मेट लगाएर उपचार गरेको देख्दा बिरामी आश्चर्यमा परेका छन् ।

बुधबार वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सकले सुरक्षित रहनुपर्ने अवस्था सिर्जना भएको भन्दै आकस्मिक लगायत सबै उपचार गर्दा हेल्मेट लगाएका हुन् । सेवा ठप्प पार्दा बिरामी नै मर्कामा परेको भन्दै उनीहरू काममा फर्किए पनि आन्दोलन जारी रहेको घोषणा गरेका थिए । वीर अस्पतालमा कार्यरत डा. कालुसिंह खत्रीले उपचारका क्रममा बिरामीपक्षबाटै असुरक्षित भएको र सुरक्षा दिन सरकारले चासो नलिएकाले आफूहरूले हेल्मेट लगाएर उपचार गर्न थालेको बताए ।आजको अन्नपूर्णपोस्टमा उल्लेख छ ।

प्रकाशित : 5 October, 2017

प्रतिक्रिया दिनुहोस्