दुई महिनादेखि समुद्रमा हराइरहेकी स्वीडिश पत्रकार वालको बांकी भाग टाउको र खुट्टा भेटियो

सहयात्रा टिभी

एजेन्सी । दुई महिनादेखि हराइरहेकी स्वीडिश पत्रकार किम वालको टाउको र खुट्टा भेटिएको डेनमार्क प्रहरीले जनाएको छ ।
फ्रिल्यान्स पत्रकार वाल अगस्ट १० मा एउटा निजी पनडुब्बी जहाजमा कोपेनहेगनको दक्षिणमा रहेको समुद्रमा पिटर म्याडसनसँगै गएकी थिइन्। उनी ‘न्युज स्टोरी’ का लागि त्यहाँ गएको बताइएको छ ।

म्याडसनलाई वालको हत्या गरेको आरोप लागेको छ । तर उनले भने वालको मृत्यु एक दुर्घटना भएको बताएका छन् । प्रहरीले वालको टाउकोको ‘अटोप्सी’ परीक्षण गरेको छ । प्रहरीका अनुसार परीक्षणबाट वालको टाउकोमा कुनै चोट देखिएको छैन । उनको पहिचान भने दाँतबाट भएको थियो ।

‘हामीले एउटा ब्यागका साथै वालका कपडाहरु शर्ट, स्कर्ट र जुत्ता तथा मोजा फेला पार्यौँ । हामीले वालको खुट्टा र टाउको पनि केही समयपछि फेला पार्यौँ’, अनुसन्धान टोलीका प्रमुख मोएल्लर जेन्सलनले बताउनुभयो । गोताखोरहरुको टिम पत्रकार वालको हातको खोजीका लागि शनिबार पनि जुटिरहेको छ ।
प्रहरीले वालको मृत्युको कारणबारे अनुसन्धान गरिरहेको बताएको छ । अगस्ट २१ मा पत्रकार वालको टाउको बाहेकको भाग कोपेनहेगन नजिकैको टापुमा भेटिएको थियो । अनुसन्धानकर्ताहरुले पनडुब्बीमा लागेको रगत र टाउको बाहेकको शरीरमा लागेको रगत एउटै भएको पत्ता लागेको थियो ।

पिटर म्याडसनलाई भने वालको शरीरलाई टुक्रा–टुक्रा पारी काटेको, पनडुब्बीलाई पन्चर गरेर पाइप बाँधेर समुद्रमा डुब्ने बनाएको आरोप लागेको छ ।एजेन्सीहरु

          

 

 

                 पत्रकार किम वालको हत्याको आरोप लागेका पिटर म्याडसन

प्रकाशित : 7 October, 2017

प्रतिक्रिया दिनुहोस्