९ महिनाअघि दिएको पूर्वसूचनालाई प्रहरीले बेवास्था गर्दा राजधानीमै अर्को दुर्घटना

सहयात्रा टिभी

काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको देशको राजधानी काठमाडौंमै दिनदहाडै गोली हानी हत्या हुनु देशको सुरक्षा व्यवस्थालाई नै ठाडो चुनौती हो । केहि समय अगाडी युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीलाई गत पुसमा गोली हानी हत्या गरेको आरोपमा पक्राउ परेका नौजना पुर्पक्षका लागि अहिले पनि जेलमा छन् । गत माघमा पक्राउ परेलगत्तै उनीहरुले प्रहरीलाई सूचना दिएका थिए, ‘मनोज पुन नेतृत्वमा रहेको त्यस समूहले अब काठमाडौं ताक्दैछ, कोको पर्ने हुन् भनि थ्रेट दिएका थिए ।’

यस्तै, पुनका सहयोगीहरुले दिएको पूर्वसूचनालाई प्रहरीले सदुपयोग गर्न सकेन । यो समूहमाथि ९ महिनाअघि सार्थक हस्तक्षेप हुन नसक्दा फेरि अर्को दुर्घटना हुन पुग्यो, नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हिजो शान्तिनगरस्थित घर वाट वाहिर निस्किएका मात्रै के थिए, घरदेखि लगभग मुस्किलले ३०० मिटर अगाडी उनलाई ढुकेर वसेका अपरिचित समुहले दिनदहाडै गोली हानी हत्या गरे । यसले गर्दा के जनाउछ भने नेपाल अति नै असुरक्षित स्थल हो, त्यसमाथि देशको राजधानी जहां अन्य दुरदराजका ठांउ भन्दा सुरक्षा व्यवस्था चुस्त मानिन्छ, तर यहि काठमाडौंमा जो पनि जति पनि वेला मारिन सक्छ भन्ने आमजनवुझाई छ ।

प्रकाशित : 10 October, 2017

प्रतिक्रिया दिनुहोस्