परिवार नियोजनको साधन प्रयोगमा पुरुष भन्दा महिला अगाडि

सहयात्रा टिभी

सुनसरी । परिवार नियोजनको साधन प्रयोगमा महिला अगाडि रहेको पाइएको छ । सुनसरीमा सात वर्षे स्वास्थ्य तथ्यांकअनुसार अस्थायीदेखि स्थायी परिवार नियोजनका साधन प्रयोगमा महिलाभन्दा पुरुष लजालु हुने गरेकाले महिलाहरु परिवार नियोजनमा अगाडि देखिएको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।

सो तथ्यांकअनुसार अस्थायी साधन ९८ प्रतिशत महिलाले प्रयोग गरेका छन् भने स्थायी साधन ९९ प्रतिशत महिलाले नै प्रयोग गरेको तथ्यांक छ । जिल्लामा एक हजार ४ सय ४१ महिलाले स्थायी बन्ध्याकरण गराउँदा १८ जना मात्रै पुरुषले बन्ध्याकरण गराएको स्वास्थ्य कार्यालयको परिवार नियोजन शाखाको तथ्यांकमा उल्लेख रहेको छ । आ.व २०६७र६८ मा एक हजार ४ सय ९० जनाले बन्ध्याकरण गराएकामा आव २०७३र७४ मा आएर ९ सय ८७ जनाले मात्रै बन्ध्याकरण गराएको पाइएको छ । महिलाहरुले प्रयोग गर्ने परिवार नियोजनका अस्थायी साधन पिल्स, डिपो, आयुसिडी, नरप्लान्ट लगायतका साधन प्रयोग गरेको तथ्यांकले देखाएको छ ।

प्रकाशित : 22 October, 2017

प्रतिक्रिया दिनुहोस्