ठमेलमा आइतबारदेखि सवारी साधन निषेध

सहयात्रा टिभी

काठमाडौं । काठमाडौंको प्रमुख पर्यटकीय क्षेत्रका रूपमा रहेको ठमेलमा आइतबारदेखि सवारी साधन निषेध गरिएको छ । आइतबारदेखि पानी, एम्बुलेन्स, पर्यटन र सुरक्षालगायतका अत्यावश्यक बाहेक अरु गाडीलाई ठमेल प्रवेशमा रोक लगाउने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

ठमेलभित्र जाने गाडीले त्रिदेवी मार्गबाट मात्र जान पाउने, तथा ट्याक्सी, हाइस, भ्यान, मोटरसाइकललाई जथाभावी रोक्न नदिने, ठमेलभित्रका एकतर्फी बाटोमा रोक्ने गाडीलाई कडाइ गरिने, ठाउँठाउँमा ट्राफिक संकेत राखिने, ठमेलभित्र भएका होटलमा आवश्यकतानुसार गाडीको व्यवस्था गरिएको बताईएको छ । गाडीमा गरिने कडाइसँगै यस क्षेत्रमा हुने आपराधिक घटनामा समेत कमी आउने प्रहरीको अनुमान छ ।

प्रकाशित : 22 October, 2017

प्रतिक्रिया दिनुहोस्