प्रदेश नं. १ को म्यादी प्रहरीमा ४६ हजारको आवेदन, माग भन्दा झण्डै तीन दोब्बर बढीले दिए आवेदन
धनकुटा । मंसिर १० मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि प्रदेश नंं १ मा ४६ हजार ३ सय २ जनाले म्यादी प्रहरीमा आवेदन दिएका छन् । यो संख्या माग भन्दा झण्डै तीन दोब्बर बढीले आवेदन परेको हो । प्रदेश नं. १ मा १४ जिल्लाहरुका लागि माग भएको १६ हजार ८ सय १८ जना म्यादी प्रहरी प्रहरीको माग रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
सवैभन्दा बढी मोरङ जिल्लामा १० हजार ७ सय ४१ जनाले आवेदन दिएका छन् । त्यस्तै संखुवासभा जिल्लामा ९ सय १८ जनाको दरबन्दीमा एक हजार ४ सय ५४ जना, तेह्रथुममा ४ सय ११ जनाकोे दरबन्दीमा एकहजार ४ जना, भोजपुरमा ६ सय ६५ जनाको दरबन्दीमा एकहजार ७ सय ५६ जना, धनकुटामा ८ सय २७ जनाको दरबन्दीमा दुईहजार ३ सय ३ जना र सुनसरीमा दुई हजार १ सय ५४ जनाको दरबन्दीमा ७ हजार ४ सय ७४ जनाले म्यादी प्रहरीको लागि आवेदन दिएका छन् ।
त्यस्तै गरि, सोलुखुम्बु जिल्लमा ८ सय ८ जनाको दरबन्दीमा १ हजार ६९ जना, ओखलढुंगामा ५ सय ३७ दरबन्दीमा ९ सय ७४ जना, खोटाङमा ९ सय ८२ जनाको दरबन्दीमा दुईहजार ३४ जना र उदयपुर जिल्लामा ९ सय ३९ जनाको दरबन्दीमा दुईहजार २ सय १९ जनाको आवेदन परेको छ ।