ट्रिपर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुईको घटनास्थलमै मृत्यु

सहयात्रा टिभी

धादिङ । धादिङमा ट्रिपर र मोटरसाइकल ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । शुक्रबार बिहान नौबिसेबाट काठमाडौंका लागि छुटेको बा २ ख ७१८२ नम्बरको ट्रिपर र बा ८२ प ७७९७ नम्बरको मोटरसाइकल त्रिभूवन राजपथको धादिङ धुनिबेसीमा एक आपसमा ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको परिचय भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित : 27 October, 2017

प्रतिक्रिया दिनुहोस्