केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सबै स्थानीय तहमा पाँच सय किलोवाटको विद्युत !

सहयात्रा टिभी

काठमाण्डौं । सरकारले आउँदो पाँच वर्षभित्र देशभरका सबै स्थानीय तहबाट पाँच सय किलोवाटसम्मको विद्युत उत्पादनको महत्वकांक्षी योजना अघि सारेको छ ।सरकारले देशका ७५३ वटै स्थानीय तहबाट विद्युत उत्पादन गर्ने लक्ष्का साथ अध्ययन थालेको जनाइएको छ ।

राष्ट्रिय योजना आयोगले आउँदा पुस महिनाभित्रमा आयोजनाको विस्तृत प्रतिवेदन तयार गरिसक्ने जनाएको छ । विद्युत प्राधिकरणको इन्जिनियरिङ कम्पनीले पहिलो चरणको अध्ययन प्रतिवेदन बुझाइसकेको छ र अन्तिम प्रतिवेदन बुझाउने समय १७ साता दिइएको छ आयोगका उपाध्यक्ष डा. स्वर्णीम वाग्लेले जानकारी दिएका छन् ।

उपाध्यक्ष वाग्लेले भने–‘कूल चार सय मेगावाट उत्पादन हुने प्रारम्भिक अनुमान छ । उत्पादित बिजुली राष्ट्रिय प्रशारण लाइनमा जोड्ने योजना छ ।’  सबै परियोजना सम्पन्न गर्न एक खर्ब रुपैयाँ लाग्ने प्रतिवेदनमा उल्लेख छ । आयोजना सञ्चालनको जिम्मा स्थानीय तहलाई नै दिइने छ । ती परियोजना निर्माणका लागि दातृ निकायहरुबाट पनि स्रोत जुटाउने लक्ष्य आयोगको छ ।

प्रकाशित : 14 November, 2017

प्रतिक्रिया दिनुहोस्