ओली र प्रचण्डबिच पार्टी एकता प्रक्रियालाई चाँडो निष्कर्षमा पुर्‍याउने सहमति, मंगलबार एकता संयोजन समितिको बैठक

सहयात्रा टिभी

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबिच कार्यदल बनाएर एकीकृत पार्टीको वैचारिक र संगठनात्मक संरचना टुंग्याउने सहमति भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच आइतबार ओली निवास बालकोटमा भएको छलफलमा यस्तो सहमति भएको हो ।

दुई शीर्ष नेताबिच आन्तरिक छलफलका लागि सोमबार पार्टी बैठक डाक्ने र मंगलबार पार्टी एकता संयोजन समितिको बैठक राख्ने सहमति भएको छ । मंगलबार बस्ने संयोजन समिति बैठकले कार्यदल गठन गरेर त्यसको कार्यक्षेत्र तोक्ने तयारी छ ।

भेटपछि पत्रकारसँग कुरा गर्दै माओवादीका अध्यक्ष प्रचण्डले पार्टी एकतालाई निष्कर्षमा पुर्याउनैपर्छ भन्नेमा आफूहरु बीच छलफल भएको बताउँदै त्यसको लागि सोमबार आ(आफनो पार्टी्भित्र छलफल गरेर मंगलबार पार्टी एकता संयोजन समितिको बैठक बस्ने सहमति भएको जानकारी दिनुभयो । बैठकपछि संचारकर्मीसग कुरा गर्दै केन्द्रका अध्यक्ष दाहालले भोली आ आफ्नो पार्टीको एउटा लेबलमा छलफल गरेर पर्सी पार्टी एकता संयोजन समितिको बैठक बस्ने र त्यो समितिबाट पार्टी एकता प्रक्रियालाई टुंगोमा पु¥याउनका लागी वैचारिक, राजनीतिक र सांगाठनिक काम गर्नका निम्ती एउटा टिम बनाएर जिम्मा दिने निर्णय भएको जानकारी दिनुभयो ।

एकीकृत पार्टीको अध्यक्ष र सरकारको नेतृत्व आलोपालो गर्ने वा नगर्ने तथा कस्तो वैचारिक संगठनात्मक आधारमा एकता गर्ने भन्नेमा नेताहरुबिच फरक फरक धारणा सार्वजनिक भैरहँदा ओली र प्रचण्डबिच भेटवार्ता भएको हो ।

प्रकाशित : 8 January, 2018

प्रतिक्रिया दिनुहोस्