राष्ट्रपति–प्रधानमन्त्री भेटवार्ता, प्रदेश प्रमुख र राजधानी तोक्ने विषयमा छलफल

सहयात्रा टिभी

 

काठमाडौं । पुष २४– राष्ट्रपति विद्या भण्डारीले जनतालाई सहज हुनेगरी प्रदेशको अस्थायी मुकाम तोक्न सरकारसँग आग्रह गर्नुभएको छ । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा सरकारको हरेक निर्णय जनतालाई सहज हुनेगरी आउने विश्वास समेत व्यक्त गर्नुभएको छ ।
प्रदेश प्रमुखको नियुक्ति र त्यसको मुकाम तोक्ने विषयमा औपचारिक जानकारी गराउन सोमबार बिहान राष्ट्रपति भवन शीतल निवास पुगेका प्रधानमन्त्री देउवालाई उहाँले संविधानको परिधिभित्र रहेर सरकारले आफ्नो काम कार्वाहीलाई अघि बढाउने विश्वास समेत ब्यक्त गर्नुभएको छ ।

जनतालाई सहज हुनेगरी प्रदेशको अस्थायी मुकाम तोक्न राष्ट्रपतिले सुझाव दिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिनुभएको हो । यसैक्रममा प्रधानमन्त्री देउवाले राष्ट्रियसभाको निर्वाचनको तयारीको विषयमा पनि राष्ट्रपति भण्डारीलाई औपचारिक जानकारी गराउनुभएको छ ।

सरकारले सम्बन्धित प्रदेशसभाले मात्रै प्रदेशको राजधानी तोक्ने पाउने संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै हाललाई अस्थायी मुकाम तोक्ने तयारी गरेको छ ।

प्रकाशित : 8 January, 2018

प्रतिक्रिया दिनुहोस्