किन खाने माघे सक्रान्तिमा तरुल, चाकु, पिंडालु !

सहयात्रा टिभी

काठमाडौं । माघे सक्रान्तिमा मिठो मिठो खाने परम्परा रहेको छ । हरेक चाडपर्वको आ आफ्नै महत्व रहेको छ । धार्मिक आस्थासँग जोडोर होस वा अन्य कारणबाट माघे सक्रान्तिमा खाने परिकार स्वास्थ्यका दृष्टिले विभिन्न फाइदा हुने गर्दछ । स्वास्थ्यका दृष्टिकोणले माघ महिनामा घ्यू, चाकू, तरुल, पिंडालु, तिलको लड्डु, खिचडी, फुरौलालगायतका खानेकुरा जाडोमा फाइदाजनक हुने डाक्टरहरु बताउछन् । यसरी खाने परिकारले चिसो समयमा खाने चाकु, तिलको लड्डु, तरुल पिंडालुले शरीरलाई न्यानो बनाइराख्छ ।

चाकु :
चाकु १०० ग्राम खाँदा ११ मिलिग्राम आइरन पाइन्छ । चाकुले चिसोको समयमा शक्ति प्रदान गर्छ । चाकु क्यालोरीको पनि राम्रो स्रोत हो । यसले शरीरमा तातो प्रदान गर्छन । त्यसैले चिसोमा शक्ति प्रदान गर्दछ ।

तरुल पिंडालु 
तरुल र पिंडालु शरीरका लागि राम्रो खानेकुरा भए पनि व्यवस्थापन मिलाउन सक्नुपर्छ । ’तरुलमा क्यालोरी, कार्वोहाइडेट धेरै मात्रामा हुन्छ ।

तिलको लड्डु 
त्यस्तै, तिलको लड्डुमा क्याल्सियम, चिल्लो र क्यालोरीको मात्रा धेरै हुन्छ । ‘जाडोमा शरीर चिसो भएकाले बढी मात्रामा शरीरलाई शक्ति चाहिन्छ । तिलकोे लड्डुले त्यसको पूर्ती गर्छ ।’ तिल ढीलो पच्ने भएकाले शरीरलाई शक्ति प्रदान गने गर्छ ।

यि परिकारमा फाइबर सोलुबल फाइबर र इनसोलुबल फाइबर अर्थात पच्ने र नपच्ने पदार्थ हुन्छ अर्थात तरुलमा खस्रो पदार्थ धेरै हुन्छ । यस्ता परिकार खानाले शरीरको पेटलाई सफा गर्छ । सबै खानेकुराको फाइदा र बेफाइदा हुन्छन् । डाक्टरहरुले खानेकुरा धेरै र नमिलाइकन नखान आग्रह गर्दछन् । खानेकुरा ब्यालेन्स बनाएर नखाएमा खानेकुराले शरीरलाई बेफाइदा गर्छ । माघे सक्रान्तीमा खाईने परिकारमा पनि व्यालेन्स मिलाएर धेरै चिल्लो नराखी खान र बिरामी हुनुभन्दा पहिला नै खानेकुरा मिलाएर खान डाक्टरहरु सुझाउछन् ।

प्रकाशित : 14 January, 2018

प्रतिक्रिया दिनुहोस्