मन्त्रीपरिषदको बैठक स्थागित, दिउँसो ३ बजे पुनः बैठक बस्ने

सहयात्रा टिभी

काठमाडौँ । माघ–३ प्रदेश प्रमुखको नियुक्ति र प्रदेशको अस्थायी केन्द्र तोक्नका लागि बसेको मन्त्रिपरिषद् बैठक विना निष्कर्ष टुङ्गिएको छ ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखको नियुक्ति र प्रदेशको अस्थायी केन्द्र तोक्ने बारेमा छलफल गरेपनि कुनै निर्णय हुन सकेन ।

बैठकमा थप परामर्श गर्नुपर्ने सुझाव आएपछि आज दिउँसो ३ बजे पुनः बैठक बस्ने सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिनुभयो ।
प्रदेश प्रमुखको नियुक्ति नहुँदा निर्वाचन आयोगले मतपरिणाम घोषणा गर्न सकेको छैन ।

प्रकाशित : 17 January, 2018

प्रतिक्रिया दिनुहोस्