=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.


पार्टी एकताका लागि बामगठबन्धनको बैठक आज पनि बस्दै

सहयात्रा टिभी

काठमाण्डौ । माघ -६, पार्टी एकताका लागि गृहकार्यमा जुटेको नेकपा माओबादी केन्द्र र नेकपा एमाले बीच आज पनि छलफल हुँदैछ । पार्टी एकतालाई छिटो टुङ्गोमा पुर्याउने हिजोको माओबादी तथा एमाले अध्यक्षको सहमति अनुसार आज विस्तृत छलफल हुन लागेको हो । आइतबार हुनलागेको पार्टी समन्वय समितिको बैठक अगावै आजै पार्टी एकताको खाका बारे छलफल हुन लागेको हो ।

 

आजको बैठकमा पार्टी एकताको छलफल साथै राष्ट्रियसभाको गठन र प्रदेश सभाको विषयमा पनि छलफल हुने छ । राष्ट्रियसभामा बाम गठबन्धनले ५६ मध्ये ४३ पदका लागि उमेद्वारी दिने निर्णय गरेको छ, जसमा एमाले बाट २९ र माओबादी बाट १४ दिने सहमति भएको थियो । आजको बैठकले यस विषयमा पनि सामान्य हेरफेर गर्न सक्ने छ ।

प्रकाशित : 20 January, 2018

प्रतिक्रिया दिनुहोस्