केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एमाले–माओवादी एकता संयोजन समिति बैठक बालकोटमा बस्दै

सहयात्रा टिभी

काठमाडौ । माघ–७ नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच एकता गर्न गठित पार्टी एकता संयोजन समितिको बैठक आइतबार बस्दैछ । बैठक दिउँसो ३ बजे एमाले अध्यक्ष ओली निवास बालकोटमा बस्न लागेको हो । आजको बैठकमा यसअघि गठन भएको संयुक्त कार्यदलले राष्ट्रिय सभा निर्वाचन र प्रदेश सरकार गठनका विषयमा तयार पारेको प्रतिवेदन पेश गर्नेछ ।

बैठकले पाटि एकताको टुङ्गो लगाउन कार्यदल गठन गर्ने नेताहरुले बताएका छन् । यसअघि शनिबार एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शक्रबार र शनिबार भएको छलफलमा पार्टी एकाता, राष्ट्रिय सभा निर्वाचन, प्रदेश सरकार गठन लगायतका विषयमा कुराकानी भएको थियो ।

प्रकाशित : 21 January, 2018

प्रतिक्रिया दिनुहोस्