=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.


एमाले–माओवादी एकता संयोजन समिति बैठक बालकोटमा बस्दै

सहयात्रा टिभी

काठमाडौ । माघ–७ नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच एकता गर्न गठित पार्टी एकता संयोजन समितिको बैठक आइतबार बस्दैछ । बैठक दिउँसो ३ बजे एमाले अध्यक्ष ओली निवास बालकोटमा बस्न लागेको हो । आजको बैठकमा यसअघि गठन भएको संयुक्त कार्यदलले राष्ट्रिय सभा निर्वाचन र प्रदेश सरकार गठनका विषयमा तयार पारेको प्रतिवेदन पेश गर्नेछ ।

बैठकले पाटि एकताको टुङ्गो लगाउन कार्यदल गठन गर्ने नेताहरुले बताएका छन् । यसअघि शनिबार एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शक्रबार र शनिबार भएको छलफलमा पार्टी एकाता, राष्ट्रिय सभा निर्वाचन, प्रदेश सरकार गठन लगायतका विषयमा कुराकानी भएको थियो ।

प्रकाशित : 21 January, 2018

प्रतिक्रिया दिनुहोस्