मनाङ्गे सपथ ग्रहण कार्यक्रममा अनुपस्थित

काठमाण्डौँ, माघ ७ प्रदेशसभा निर्वाचनमा मनाङमा स्वतन्त्र उमेद्वारी दिएर निर्वाचित भएका दीपक मनाङ्गे आइतबारको पोखरामा प्रदेश नं. ४ का सांसदको शपथ ग्रहण कार्यक्रममा उपस्थित भएनन् । उनलाई शपथ ग्रहण समारोहमा भाग लिन अरु सांसदलाई जस्तै जिल्ला प्रशासन कार्यालय कास्कीले पत्र पठाएको थियो ।
प्रहरीले पक्राऊ पुर्जी जारी गरेर उनको खोजी गरिरहेकाले पक्राउ पर्न सक्ने सम्भावनाले उनी उक्त कार्यक्रममा अनुपस्थित रहेका हुन ।
मनाङेसहितका पाँचजनाविरुद्ध पुनरावेदन अदालतले संगठित अपराध तथा अपहरण गरी बन्धक बनाएको भन्दै ज्यान मार्ने उद्योगको अभियोगमा ५ वर्ष जेल सुनाएको थियो ।