केपी ओली प्रचण्ड माधव नेपाल एमाले


महिनावारी हुदाँ नुहाउन र नदी पार गर्न निषेध

सहयात्रा टिभी

काठमाडौं । महिनावारी हुनु प्राकृतिक चक्र जस्तै मानिन्छ, जहां प्रत्येक महिलाको प्राकृतिक अधिकार हो भन्दा पनि हुन्छ । यो प्राकृतिक अधिकार वा देनबाट सबै महिला गुज्रिन्छन् । तर, एक यस्तो देशपनि छ जहा महिनावारी भएकालाई नदी पार गर्न प्रतिवन्ध लगाइन्छ । अफ्रिकी मुलुक घानामा महिनावारी भएकालाई नदी पार गर्न प्रतिबन्ध लगाएको समचार सार्वजनिक भएको छ । प्रतिवन्ध लगाएसँगै बालिकाहरु विद्यालय जानबाट बञ्चित भएको भन्दै अधिकारकर्मीले विरोध गरेका छन् ।

घानाको आफिन नदीमा बनेको पुलबाट महिनावारी भएको बेलामा वारपार गर्न प्रतिवन्ध लगाएपछि माथिल्लो डेनकायरा इस्ट जिल्लास्थित मध्य क्षेत्रका बालिकाहरु महिनावारी भएको बेला विद्यालय जानबाट बञ्चित भएको भन्दै अधिकारकर्मीले विरोध गरेको बिबिसीले जनाएको छ । यूनेस्कोका अनुसार सो क्षेत्रमा १० मध्ये एक छात्रा महिनावारीको कारण विद्यालय जानबाट बन्चित हुने गरेका छन् । धानामा नदीहरुलाई समेत भगवान मान्ने धार्मिक प्रचलन रहीआएको छ । विश्व बैंकको तथ्याङक अनुसार घानामा १ करोड १५ लाख भन्दा बढी महिला महिनावारीको समयमा सरसफाई गर्नबाट बञ्चित रहेका छन् । जपकी महिनावारी भएको समयमा महिलाहरुले अझ सरसफाईमा बढि ध्यान दिनुपर्ने अवस्थामा त्यहांका महिलाहरुलाई भने महिनावारी भएको बेला नुहाउन समेत नदिने चलन विद्यमान रहेको अन्तर्रा्ष्ट्रिय संचार माध्यमअरुलेले जनाएका छन् ।

एजेन्सीको सहयोगमा

प्रकाशित : 24 January, 2018

प्रतिक्रिया दिनुहोस्