नेपालको एक इन्च भूमि पनि मिच्न दिँदैनौँ : प्रधानमन्त्री
काठमाडौ । माघ–११ प्रधानमन्त्री शेरबहादुर देउवाले एक इन्च नेपाली भूमि भारतलाई नछोड्ने बताएका छन् ।
वीरगंजको छपकैयामा भारतले नेपालको भूमि मिचेको स्विकार गदै प्रधानमन्त्री देउवाले सरकार एक इन्च नेपाली भूमि पनि मिच्न नदिन सचेत रहेकोे पनि स्पष्ट पारे ।
विहिबार एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनले छपकैयामा भारतले ५० विगाहा भन्दा बढि नेपाली भूमि मिचेको दावीसहितको स्थलगत रिर्पोट बुझाएपछि उनले सरकार नेपाली भूमि मिच्न नदिन प्रतिवद्ध रहेको प्रतिक्रिया दिएका हुन् ।
प्रधानमन्त्री देउवाले वीरगंजको छपकैयामा नेपाली भूमि मिचिएको भन्ने विषयमा सरकारले अझै गम्भिर अध्ययन गर्ने आश्वासन पनि दिए ।
त्यसक्रममा एमाले निकट अनेरास्ववियू र माओवादी केन्द्र निकट अनेरास्ववियू क्रान्तिकारीका नेताहरुले जग्गाको भोगचलन गर्दै आएका स्थानीयबासीहरुको भनाई अनुसार पनि भारतले वीरगंजको छपकैयामा नेपाली भूमि मिचेको पुष्टि भएको दावी गरेका थिए ।
स्थानीय जनता, स्थानीय प्रशासन र विज्ञहरुसमेतको भनाईबाट पनि भारतले नेपालको भूमि मिचेको पुष्टि भएको विषयमा सरकारको गम्भिर ध्यानाकर्षण गराइएको अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले जानकारी दिए ।
बिहीबार विद्यार्थी नेता अनेरास्ववियुका अध्यक्ष नविना लामा र अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङसहितको टोलीले प्रमलाई बुझाएको प्रतिवेदनमा भारतीय पक्षले मिचेको सिमा फिर्ताको पहल गर्न माग गरिएको छ ।
माघ ६ गते दुवै संगठनको टोलीले सीमा रक्षा तथा जागरण अभियानसहित सीमा मिचिएको भनिएको छपकैयामा पुगी स्थलगत अध्ययन गरेका थिए ।