नेपालगञ्जमा सके राजधानी नभए मन्त्रालय: प्रचण्ड

सहयात्रा टिभी

काठमाण्डौँ । माघ -११, बाँके बासीले प्रदेश ५ को राजधानी नेपालगञ्जमा हुनुपर्छ भन्दै महोत्सव उद्घाटन गर्न नेपालगञ्ज पुगेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएका छन् । प्रचण्डले अहिले तोकिएको मुकाम अस्थायी मात्र भएको र स्थायी राजधानी प्रदेशसभाले तोक्ने भन्दै नेपालगञ्ज राजधानी नभए मन्त्रालय र ठूला कार्यलय राख्न पहल गर्ने जनाए ।

प्रचण्डले ‘भोलि नेपालगञ्ज नै राजधानी भयो भने पनि सबै अफिस नेपालगञ्जमा हुनु हुँदैन । समानुपातिक वितरण हुनुपर्छ ।’ भन्दै राजधानी नहुनासाथ अफिसहरु सार्ने कामको विरोधगर्ने प्रचण्डले बताए । कार्यक्रममा प्रदेश सांसदसहितका वक्ताहरुले नेपालगञ्जलाई प्रदेश राजधानी बनाउनु पर्ने माग गरेका थिए ।

प्रकाशित : 25 January, 2018

प्रतिक्रिया दिनुहोस्