केपी ओली प्रचण्ड माधव नेपाल एमाले


देउवा सरकारले गरेको निर्णय संविधानविरित भएको ओलीको आरोप

सहयात्रा टिभी

काठमाडौ । माघ–११, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कामचलाउ सरकारले देशलाई कंगाल बनाउन खोजेको आरोप लगाएका छन् ।

एमालेले बिहीबार पत्रकार सम्मेलन गरेर सरकारका पछिल्लो निर्णयहरुको आलोचना गरेको छ । सम्मेलनमा ओलीले भने “नयाँ सरकारले यस वीचमा भएका सबै निर्णयमाथि पुनर्विचार गर्ने र संविधान, कानुन र राष्ट्रको हित बिपरित भएका सबै निर्णयलाई अस्वीकार गर्ने कुरा समेत स्पष्ट पार्न चाहन्छौ”।


देउवा सरकार संविधानको गलत ब्याख्या टिकेको भन्दै एमाले अध्यक्ष ओलीले जाने बेलामा जथाभावी निर्णय गरेर देश र अर्थतन्त्रलाई नै संकटमा पार्न खोजेको बताए ।

नयाँ कर्मचारी भर्ना गर्नु पर्ने बेलामा ६० अर्ब खर्च गरेर भएका कर्मचारीको स्वच्छिक अवकास दिन खोजिएको भन्दै उनले यसको पनि विरोध गरे ।

प्रकाशित : 25 January, 2018

प्रतिक्रिया दिनुहोस्