केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजदेखि राष्ट्रियसभा चुनावका लागि आचारसंहिता लागू : आयोग

सहयात्रा टिभी

काठमाडौं । आजदेखि राष्ट्रियसभा सदस्य चुनावको लागि आचारसंहिता लागू हुने भएको छ । निर्वाचन आयोगले आउँदो २४ गते हुने चुनावको लागि आजदेखि आचारसंहिता लागु हुने जनाएको हो । अब सरकार, प्रदेश सरकार, मन्त्री, स्थानीय तह, स्थानीय निकायका कर्मचारी, सरकारी तथा गैरसरकारी संस्था, सुरक्षा निकाय, दलका भातृ संगठन, उम्मेदवार तथा सम्बन्धीत निकाय, सञ्चारमाध्यम लगायत सवैलाई आचारसंहिता लागू हुनेछ ।

आचारसंहिता लागू भएसंगै कर्मचारीको सरुवा, बढुवा, नियुक्ति, अनुदान, सर्वेक्षण लगायत गतिविधि गर्न स्वतः रोक लागेको छ । यस्तै विकास निर्माणका लागि भन्दै आकर्षक नयाँ कार्यक्रम थप गर्न, नयाँ बजेट बाँडफाँड र रकमान्तर समेत पाइने छैन । वार्षिक बजेट तथा कार्यक्रममा समावेश भएका कार्यक्रम सञ्चालन गर्न भने आचारसंहिताले नछुने निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित : 26 January, 2018

प्रतिक्रिया दिनुहोस्