=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.


विवेकशील साझाले वक्तव्य जारी गरी प्रस्ट्यायो कांग्रेससलाई मत दिनुको कारण

सहयात्रा टिभी

काठमाण्डौँ । माघ १२, राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसलाई साथ दिने भए पछि बिबेकशील साझा पार्टी भित्र असन्तुस्टि र आलोचनाहरु देखिए । त्यही आलोचना र असन्तुस्टिहरुलाई सम्बोधन गर्ने गरी बिबेकशील साझा पार्टीले आज प्रेस बक्तब्य निकाल्दै राष्ट्रिय सभा सदस्य निर्वाचनमा विवेकशील साझाले गरेको निर्णयबारे पार्टीको विस्तृत धारणा ब्यक्त गरेको छ ।
उक्त बक्तब्यमा राष्ट्रिय सभा सदस्य निर्वाचनमा विवेकशील साझा सँग चारवटा विकल्प रहेको र त्यसमध्ये नेपाली काँङ्ग्रेसलाई समर्थन गर्न तुलनात्मक रुपमा सकिने बताइएको छ । उक्त बक्तब्यमा अघि सारिएका उम्मेदवारहरूमध्ये समग्रतामा हेर्दा छवि, अनुभव र प्रवुद्धताका हिसाबले तुलनात्मक रुपमा राधेश्याम अधिकारी सक्षम छन् र भोलि राष्ट्रियसभामा विभिन्न जटिल विषयहरूलाई सूक्ष्म ढंगबाट केलाएर विवेकपूर्ण निर्णय लिनसक्ने क्षमता उनमा रहेको बताउँदै बिबेकशील साझा पार्टी ‘भ्रष्टाचारको कसूरमा सजायँ भुक्तान गरिसकेको व्यक्तिले पनि भविष्यमा चुनाव लड्न पाउनुपर्छ’ भन्ने राधेश्याम अधिकारीको अभिव्यक्ति प्रति हामी पूर्ण रुपमा असहमत असहमत रहेको पनि बताइएको छ ।

प्रकाशित : 26 January, 2018

प्रतिक्रिया दिनुहोस्