केपी ओली प्रचण्ड माधव नेपाल एमाले


रुकुमपूर्वको सदरमुकाम सार्ने निर्णय कार्यन्वयन नगर्न सर्बोच्चको आदेश

सहयात्रा टिभी

काठमाडौं । माघ १८, रुकुम पुर्वको सदरमुकाम सार्ने सरकारको निर्णयलाई सर्बोच्चले रोकिदिएको छ । मन्त्रीपरिषदले सदरमुकाम सार्ने निर्णय गरे बिरुद्द पूर्वी रुकुममा बिरोध प्रदर्शन हुनुका साथै सर्बोच्चमा रिट समेत परेको थियो । सरकारको उक्त निर्णय विरुद्ध अधिवक्ता गणेश हमालसहित कानूनविदहरु सूर्य ढुंगेल, उपेन्द्रकेशरी न्यौपाने, रमन श्रेष्ठ, टीकाराम भट्टराईले सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । आज न्यायाधीश दीपक कार्कीको एकल इजलासले सदरमुकाम सार्ने निर्णय हाललाई कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

सरकारले ११ गते साँझ रुकुमकोटमा रहेको सदरमुकाम रुकुमकोटबाट गोलखारा सार्ने निर्णय गरेको थियो ।

प्रकाशित : 1 February, 2018

प्रतिक्रिया दिनुहोस्