केपी ओली प्रचण्ड माधव नेपाल एमाले


काम चलाऊ सरकारले गरेका निर्णय उल्टिन्छन् :कृष्ण बाहदुर महरा

सहयात्रा टिभी

दाङ । माघ- २२, नेकपा (माओवादी केन्द्र) का नेता तथा प्रतिनिधि सभाका सदस्य टरिगाउँ विमानस्थलमा आइतबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै कृष्णबहादुर महराले वर्तमान सरकारले बिभिन्न राजनीतिक अराजकता मच्चाएको आरोप लगाउनु भएको छ । टरिगाउँ विमानस्थलमा आइतबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले लगाउँदै काम चलाउ भइसकेको सरकारले गरेका निर्णय उल्टिने पनि बताउनुभएको छ ।

उहाँले अस्थायी रुपमा तोकेको मुकामले देशै भरी विवाद सिर्जना भएको बारेमा बोल्दै अस्थाइ राजधानी तोकिँदा धोका भएको भन्दै अब राजधानी प्रदेशसभाले निर्धारण गर्ने बताउनु भयो । उहाँले पार्टी एकता गहन विषय तथा आवश्यकता पनि रहेकाले एकता गर्न केही ढिलाइ भएको बताउनु भएको छ ।

प्रकाशित : 5 February, 2018

प्रतिक्रिया दिनुहोस्