=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.


एमाले सचिब भट्टराईको प्रचण्डलाई ब्यङगात्मक ट्वीट

सहयात्रा टिभी

काठमाण्डौँ। माघ २८, नेकपा एमाले सचिब तथा ताप्लेजुङ् बाट प्रतिनिधिसभामा निर्वाचित सदश्य योगेश भट्टराईले ट्वीटमार्फत प्रचण्डलाई ब्यङ्ग प्रहार गरेका छन् । उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार दिउँसोको अफ्ठ्यारो आइलागे अर्को फड्को हानिन्छ भनि दिएको अभिव्यक्ति तिर संकेत गर्दै अचानक फड्को हान्दा बिचैमा खसेर बेहाल पनि त हुनसकिन्छ नि कि कसो कमरेड ? भन्दै ब्याङ्ग्यात्मक प्रश्न गरेका छन् । उनले फड्को, छलाङ, क्रमभङ्ग, महाबिपत्ति जस्ता शब्दहरु उपन्यासकार तिर पन्छाइदिए राम्रो हुने पनि बताएका छन् ।

उक्त कार्यक्रममा प्रचण्डले राजनीतिमा आफ्नो कुनै स्वार्थ नभएको भन्दै ‘म अहिले जुन किसिमले हिँडेको छु, यसबाट देश र जनतालाई फाइदा पुग्ने लागेन भने म फडको मार्न सक्छु । भनेर उक्त कार्यक्रममा अभिब्यक्ति दिएका थिए ।

प्रकाशित : 11 February, 2018

प्रतिक्रिया दिनुहोस्