=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.


झमझम स्टकोट शैली होइन, दौरा सुरुवाल साडी चोलोमा आउन सांसदहरुलाई- प्रधानमन्त्री ओलीको निर्देशन

सहयात्रा टिभी

काठमाडौ । फागुन–३ नव नियुक्त प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पोशाकमा सर्तक हुन सांसदहरुलाई निर्देशन दिएका छन् ।


पार्टी मुख्यालय धुम्बाराहीमा बसेको संसदीय दलको बैठकमा ओलीले पुरुष सांसदहरुलाई दौरा सुरुवाल र महिलालाई साडी चोलो लगाउन निर्देशन दिएका हुन् ।

ठाउँ र अवस्था अनुसार पहिरन लगाउनुपर्ने भन्दै उनले भने, ‘पूजाआजाहरुमा जाँदा गरगहना लगाए हुन्छ तर, मलामी जाँदा गहना लगाएर गइँदैन ।’

उनले झमझम स्टकोट शैली नअपनाउन सांसदहरुलाई निर्देशन दिए । संसदका साथै सपथमा पनि दौरा सुरुवाल र साडी चोलो लगाउन सांसदहरुलाई भनेका छन् ।

साथै लोगो लगाउन आग्रह गरे । उनले भने, ‘बाटामा गाली गर्छ अनि अर्कोले माननीय हो भनेपछि ए माननीय पो भन्ने हुनु भएन । देख्दा लोगो लगाएको हुनुपर्‍यो ।’

प्रकाशित : 15 February, 2018

प्रतिक्रिया दिनुहोस्