केपी ओली प्रचण्ड माधव नेपाल एमाले


न्यायपालिका मर्यादित बनोस : प्रधानमन्त्री ओली

सहयात्रा टिभी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मर्र्यािदत न्यायपालिकाको अपेक्षा राखेको बताउनुभएको छ । नेकपा एमालेको कानुन विभागले शनिबार आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले न्यायपालिकाका विषयमा सडकबाटै यति धेरै विरोध हुने कुरालाई सामान्य रुपमा लिनु नहुने बताउनुभयो । ‘न्याय दिने मान्छेले आफ्नो अगाडि के छ भनेर थाहा नपाओस् भनेर नै आँखमा पट्टी बाँधेर तराजु समाएको संकेत प्रयोग गरिएको हो । प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘तर आँखामा पट्टी हैन पावर थपेर हेर्ने अवस्था बन्दा न्याय धुमिल हुन्छ ।

प्रधानमन्त्री ओलीले देश राजनीतिक संघर्षबाट विकास र समृद्धितर्फ अगाडी बढेको र अव भने देशले सुदृढ र स्थायीत्वसहितको सरकार पाएकोले अब लोकतान्त्रिक र शान्तिपूर्ण ढंगले अगाडी बढ्न सकिने बताउनुभएको छ ।

प्रकाशित : 17 February, 2018

प्रतिक्रिया दिनुहोस्