केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ओली प्रचण्ड छलफल निष्कर्ष विहीन

सहयात्रा टिभी

काठमाण्डौ । फागुन ६, काठमाडौं । आज बसेको प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बीचको ‘वान टु वान’ वार्ता सकिएको छ । बिहान ११ बजे देखि ३ बजेसम्म भएको छलफलले पार्टी एकता र राजनीतिक नियुक्ति बारे भागबण्डा बारे टुङ्गो लगाउने भनिएता पनि छलफल निस्कर्षमा नपुगेको नेताहरुले बताएका छन् । बैठकमा ओलीले सरकारमा सहभागि हुनेहरुको नाम पठाउन प्रचण्डसँग आग्रह गरेका थिए तर प्रचण्डले एकीकृत पार्टीका लागि विवाद रहेको कार्यदिशाको विषयमा सहमति नभएसम्म पार्टी सरकारमा सहभागि नहुने जवाफ दिएको बताइएको छ ।

 

छलफल सकारात्मक रहेको प्रेस संयोजक चेतन अधिकारीले बताउनु भयो । यद्यपी कुनै विषयमा पनि ठोस सहमति नभएको बताइएको छ । आजको बैठक पुनः छलफलमा बस्ने गरी सकिएको छ ।

प्रकाशित : 18 February, 2018

प्रतिक्रिया दिनुहोस्