केपी ओली प्रचण्ड माधव नेपाल एमाले


माओवादी मन्त्रालय पुनर्गठनपछि मात्रै सरकारमा जाने

सहयात्रा टिभी

काठमाण्डौँ । फागुन -८, सोमबार नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको लागि सात बुँदे लिखित सहमतिमा हस्ताक्षर भएतापनि ओली सरकारको मन्त्रिपरिषद् बिस्तारमा भने अन्योलता कायम नै रहेको छ । नेकपा एमाले अहिले सरकार विस्तारको मनस्थितिमा रहेको छ भने माओबादी मन्त्रालयको पुनर्गठन हुनु पर्ने बताइरहेको छ । माओबादी केन्द्रले मन्त्रालयहरुको पुनर्गठन गर्ने र त्यसपछि पावर सेयर सम्बन्धी सम्पुर्ण कुरा मिलाएपछि मात्र सरकारमा जाने बताएको छ ।

माओबादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले मन्त्रालयको पुनर्गठन भएपछि मात्र माओवादीबाट सरकारमा कति मन्त्री जाने र को-को मन्त्री पठाउने भन्ने टुङ्गो लाग्ने बताएकी छिन् ।

प्रकाशित : 20 February, 2018

प्रतिक्रिया दिनुहोस्