केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पाँच ‘स’लाई प्राथमिकतामा राखेर प्रदेशको विकाशमा अघि बढ्ने : मुख्यमन्त्री राउत

सहयात्रा टिभी

धनुषा । फागुन १०, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पाँच ‘स’ लाई प्राथमिकतामा लिएर प्रदेशको विकाशमा अघि बढ्ने बताउनु भएको छ । आज विश्वासको मत माग्ने क्रममा उहाँले जुनसुकै राजनीतिक दलमा आस्था राखेता पनि प्रदेशको विकाशका लागि सबैले प्रतिज्ञा गर्नुपर्ने बताउनु भएको हो ।

राउतले प्रदेशसभामा भएका दलहरु एक ठाउँमा नभएसम्म समृद्धि र विकास सम्भव नहुने पनि जिकीर गर्नु भयो । उहाँले पाँच ‘स’ अर्थात सुशासन, शिक्षा, स्वास्थ्य, सडक र सिँचाइलाई प्राथमिकतामा राखेर कार्यसम्पादन गरी विकाशको खाका कोर्ने बताउन् भएको छ ।

प्रकाशित : 22 February, 2018

प्रतिक्रिया दिनुहोस्