केपी ओली प्रचण्ड माधव नेपाल एमाले


उपराष्ट्रपतिमा माओवादीले पुनलाई नै दोहोर्याउने

सहयात्रा टिभी

काठमाण्डौँ । फागुन -२३, नेकपा माओवादी केन्द्रले उपराष्ट्रपतिमा फेरी पनि नन्दकिशोर पुन पासाङलाई नै दोहोर्याउने निर्णय गरेको छ ।  १० वर्षसम्म भीषण युद्धको नेतृत्व गरेका सैन्य कमाण्डर पासाङ उपराष्ट्रपतिका रुपमा कार्यभार सम्हालिरहेका छन् । माओवादी केन्द्रले पुन र उपराष्ट्रपति रहँदा कुनै पनि विवादास्पद विषयमा नमुछिएको भन्दै पुनलाई नै फेरी उपराष्ट्रपति बनाउने निर्णय गरेको हो ।
राष्ट्रपतिका लागि भने नेपाली कांग्रेसकी लक्ष्मी राई र एमालेबाट विद्यादेवी भण्डारीले उम्मेदवारी दिएका छन् ।

प्रकाशित : 7 March, 2018

प्रतिक्रिया दिनुहोस्