=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.


मुख्यमन्त्री पोखरेलले पाए दुई तिहाइ विश्वासको मत

सहयात्रा टिभी

काठमाण्डौँ । फागुन २७, प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलको आज विश्वासको मत पाएका छन् । आइतबार दिउँसो एक बजेबाट भएको प्रदेशसभाको बैठकमा बिश्वासको मत मागेका पोखरेलले पक्षमा ६६ मत पाएका छन् भने विपक्षमा १८ मत पाएका हुन । दाङमा राजधानी बनाउने आश्वासन सहित चुनाव जितेका पोखरेलले राजधानी सबैलाई पायक पर्ने ठाउँमा बनाउने बताएका छन ।

संसदमा बोल्दै मुख्यमन्त्री पोखरेलले प्रदेशको समृद्धि मा जोड दिने तथा चिनीयाँ रेल लुम्बिनी ल्याउने सरकारको निर्णयलाई कार्यान्वयनमा सहयोग गर्ने पनि बताएका छन् ।
फागुन ३ गते मुख्यमन्त्रीको शपथ लिएका पोखरेलले २४ दिनपछि विश्वासका मत लिएका हुन्।

प्रकाशित : 11 March, 2018

प्रतिक्रिया दिनुहोस्