केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राष्ट्रपति निर्वाचनको मतगणना हुँदै

सहयात्रा टिभी

काठमाण्डौँ । फागुन २९, मंगलबार भएको राष्ट्रपति निर्वाचनको मतगणना ४ बजे पछि शुरु भएको छ । निर्वाचन दिउँसो तीन बजे सम्म भएको थियो । राष्ट्रपतिको उमेद्वारको रुपमा विद्यादेवी भण्डारी र कुमारी लक्ष्मी राई रहेका छन् । भण्डारीलाई नेकपा एमाले, माओवादी केन्द्र लगायतका दलको समर्थन छ भने राईलाई कांग्रेसको समर्थन छ ।
आज भएको निर्वाचनमा संघीय संसदका ३२६ र प्रदेशसभाका ५३६ गरी ८६२ जना सदश्यले मतदान गरेका छन् भने नयाँ शक्ति पार्टी नेपाल, विवेकशील साझा पार्टी नेपाल र नेपाल मजदुर किसान पार्टीले निर्वाचन बहिस्कार गरेका छन् ।

प्रकाशित : 13 March, 2018

प्रतिक्रिया दिनुहोस्