केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राप्रपाले गर्यो धर्म गुरुमाथिको आक्रमणको भत्र्सना

सहयात्रा टिभी

काठमाण्डौँ । चैत्र २५, राष्ट्रिय प्रजातन्त्र पार्टीले विराटनगरमा धर्मगुरु आचार्य श्रीनिवास माथि भएको आक्रमणको भत्सना गरोको छ । राप्रपाले आज विज्ञप्ती निकाल्दै धार्मिक गुरुहरु एवं धार्मिक व्यक्तित्वहरुको सुरक्षाको आवश्यक प्रवन्ध मिलाउन सरकारसँग माग गरेको छ ।
विज्ञप्ती मार्फत विगत केही समयदेखि हिन्दुत्वलाई कमजोर बनाउने, हिन्दुत्वप्रति समर्पित अभियन्ताहरु, धर्मगुरु र धार्मिक संघसंस्थालाई भयभित तुल्याउने प्रयासको योजनाबद्ध श्रृखलाहरु भएको भन्दै यो घटनाको तत्काल छानविन गरी अपराधीलाई कानुन बमोजिम कडा सजाय दिन र यस प्रकारको घटना दोहोरिन नदिन धार्मिक गुरुहरु एवं धार्मिक व्यक्तित्वहरुको सुरक्षाको आवश्यक प्रवन्ध मिलाउन सरकारसँग माग गरेको छ ।

 

 

 

 

 

 

 

 

प्रकाशित : 8 April, 2018

प्रतिक्रिया दिनुहोस्