केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रचण्डलाई वाइसीएल को भनाइ ‘जनयुद्ध शव्द र समान हैसियतविना एकता हुँदैन’

सहयात्रा टिभी

काठमाण्डौँ । वैशाख -२, वाइसीलएलले प्रचण्डलाई जनयुद्ध शव्द नराखेको तथा केन्द्रीय कमिटीमा ५० प्रतिशत हैसियत नपाएको खण्डमा एमालेसँग पार्टी एकीकरण नगर्न ध्यानाकर्षण गरेको छ ।

आइतबार प्रचण्डको निवास खुमलटार पुगेका वाइसीएलको केन्द्रीय पदाधिकारीसहितको टोलीले पार्टीको विधानमा ‘जनयुद्ध’ समेट्न दबाब दिएका हुन् । वाइसीएलका अध्यक्ष दीपशिखाले ‘पार्टी एकताका विषयमा छलफल गर्न अध्यक्ष निवासमा पुगेका हौँ, हामीले अध्यक्षज्यूलाई पार्टी एकता गर्दा नयाँ बन्ने एकीकृत पार्टीमा समान हैसियत र जनयुद्धको सम्मानजनक उपस्थिति हुनुपर्ने भन्दै ध्यानाकृष्ट गरेका छौँ,’ भनेका छन् र उप्रचण्डले यस विषयमा सम्वोधन गरिने आश्वासन दिएको बताएका छन् ।

प्रकाशित : 15 April, 2018

प्रतिक्रिया दिनुहोस्