परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भोली चीन भ्रमणका लागि जाने
सहयात्रा टिभी
काठमाण्डौँ । वैशाख -२, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भोली चीन भ्रमणका लागि जाने भएका छन् । ज्ञवाली केपी ओलीको आसन्न चीन भ्रमण र चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणबारे तयारी गर्न उनी चीन जान लागेका हुन् ।
नेपालमा नयाँ निर्वाचन पछि तथा चीनमा राष्ट्रपति सी जिनपिङको दोस्रो कार्यकाल सुरु भएपछि हुन लागेको यो पहिलो उच्च स्तरीय भ्रमण हुने छ । ३ देखि ८ वैशाखसम्म चीनको औपचारिक भ्रमण हुने यस बीचमा प्रधानमन्त्री ओलीको चीन भ्रमणका लागि कुटनीतिक संयन्त्रमा छलफल हुने बताइएको छ ।