=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.


एमाले र माओवादीबीच पार्टी एकता समितिको बैठक बस्दै

सहयात्रा टिभी


काठमाण्डौं ।बैशाख–४, प्रधानमन्त्री केपी ओली,र माओवादी केन्द्रका अध्यक्ष‘ प्रचण्डबीच पार्टी एकता संयोजन समितिको बैठक बालुवाटारमा बस्दै छ । एकतामा सहमति हुन नसक्दा विवादका विषयहरु टुंगो लगाउन बैठक बस्न लागेको हो।

एमाले–माओवादी एकता वैशाख ९ का लागि यसअघि चर्चा गरिएपनि उक्त मितिमै हुने प्रति माओवादी नेताहरुले नै शंका गर्न थालेका छन्। जनयुद्ध र एकता अनुपात लगायतमा कुरा मिल्न नसकेपछि एकता प्रक्रिया रोकिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको नीजि निवासमा हुन लागेको बैठकले वैशाख ९ मा पार्टी एकता घोषणा हुने वा नहुने विषयमा निश्कर्षमा छलफल हुने छ।

केही समयदेखिको संवादहीनताको बीचमा एकता संयोजन समितिको बैठक हुन लागेकाले आजको बैठकलाई चासोका साथ दिएको छ। बैठकले जनयुद्धबारेको विवाद, एकता अनुपातको किचलो र चुनाव चिह्नबारेको मतान्तरलाई समाधान गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित : 17 April, 2018

प्रतिक्रिया दिनुहोस्