केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु गर्दै

सहयात्रा टिभी

काठमाण्डौँ । बैशाख– ७ कांग्रेस केन्द्रिय कार्यसमिीतको बैठक आज देखि सुरु हुने भएको छ । १६ चैत्रमा केन्द्रीय सदस्य खुमबहादुर खड्काको निधनपछि स्थगित रहेको बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो ।

बैठकमा अहिलेसम्म ४३ जनाले आफ्नो विचार राखिसकेका छन्। युवा नेताहरू गगन थापा, प्रदीप पौडेल, गुरुराज घिमिरे, कल्याण गुरुङसहितका नेताले लिखित धारणा राख्दै विधानविपरीतका समिति खारेज गरी पार्टीलाई नयाँ ढंगले चलाउन माग गर्ने बताएका छन् ।

अब बस्ने केन्द्रीय समिति बैठकले महासमितिको बैठक बोलाउने र विधान संशोधन समिति बनाउने निर्णय गर्ने भएको छ । देउवा पक्षको पदाधिकारी थप्ने रणनीतिमाथि पनि नेताहरुले आक्रोश पोखेका छन् ।

प्रकाशित : 20 April, 2018

प्रतिक्रिया दिनुहोस्