युवाहरुलाई मार्क्सवाद पढाउने निणर्य

सहयात्रा टिभी

काठमाण्डौँ । बैशाख–१३, एमाले माओवादी लगाएत चार कम्युनिस्ट पार्टी सम्मिलित समितिले युवामा मार्क्सवादप्रति अभिरुचि घट्दै गएकाले मार्क्सवाद पढाउने निर्णय गरेको छ । कार्ल मार्क्स जन्मको द्विशतवार्षिकी समारोह समितिले १० हजार युवालाई मार्क्सवाद पढाउने भएको छ ।

मार्क्स जयन्तीको द्विशतवार्षिकीको उपलक्ष्यमा २१ र २२ वैशाखमा आजको मार्क्सवाद लोकतन्त्र समृद्धि समाजवादलाई मुल विषय बनाएर काठमाडौँको राष्ट्रिय सभागृहमा राष्ट्रिय गोष्ठी आयोजना गरिएको हो ।

गोष्ठीमा विभिन्न कम्युनिस्ट तथा नेताहरुको सहभागि हुने भएको छ । यसै अबसरमा मार्क्स जन्म द्विशतवार्षिकीलाई नेपालका सबै कम्युनिस्ट पार्टीले भव्य रूपमा मनाउने तयारी गरेका छन्

एमाले उपमहासचिव घनश्याम भुसालले मान्छेले अनुभूति नगर्ने गरी गरिने विकास र समृद्धिको कुनै काम नरहेको बताएका छन । यस्तै माओवादी केन्द्रका नेता राम कार्कीले माक्र्सवाद एउटा विज्ञान हो, दर्शन हो । पुँजीवादको विकल्प मार्क्सवाद नै भएको बताए ।

प्रकाशित : 26 April, 2018

प्रतिक्रिया दिनुहोस्