केपी ओली प्रचण्ड माधव नेपाल एमाले


फ्रान्सका राष्ट्रपतिले अमेरिकाको ट्रम्पलाई दिए चुनौती

सहयात्रा टिभी

बैशाख–१३,फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले एउटा विरल सम्बोधनका क्रममा आफ्ना समकक्षी डोनल्ड ट्रम्पका केही नीतिहरुलाई सशक्त रुपमा चुनौती दिएका छन् ।

राष्ट्रपति इम्यानुएल म्याक्रों अमेरिकामा तीन दिवसीय भ्रमणका लागि पुगेका छन् । उनले स्वातन्त्र बराबर अधिकारले गासिएको अमेरिका र फ्रान्सबीचको सम्बन्ध कहिले पनि नटुटने प्रशंसा गरेका छन ।

उनले लामो समयसम्म भाषणमा उनले हरितगृह ग्यास उत्सर्जनलाई सीमित पार्ने पेरिस सम्झौतामा अमेरिका फर्किनेमा आफू विश्वस्त रहेको बताए । साथै उनले फ्रान्स इरानसँग सन् २०१५ मा गरिएको परमाणु सम्झौतालाई नतोड्ने वचन दिएका छन ।

ट्रम्पले केही समय अघि युरोप र चीनको उत्पादनको आयातमा नयाँ ट्यारिफ लगाएका छन् किनभने उनका अनुसार अमेरिका अन्य देशको गलत व्यापारिक नीतिको शिकार भइरहेको उनले बताए । राष्ट्रवादका विषयमा म्याक्रोंले , स्वतन्त्रतामाथि कसी लगाउने वा राष्ट्रवादको भ्रम पैदा गर्ने नीजि रुपमा मलाई नयाँ शक्तिशाली देश बनाउने कुनै रहर नभएको म्याक्रोंले बताए ।

प्रकाशित : 26 April, 2018

प्रतिक्रिया दिनुहोस्