केपी ओली प्रचण्ड माधव नेपाल एमाले


परराष्ट्रमन्त्री ज्ञवालीद्वारा अपाङ्गता भएका विद्यार्थीका लागी अक्षयकोष स्थापना

सहयात्रा टिभी

गुल्मी । बैशाख–१४, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आफ्नो जिल्ला गुल्मीमा छोरीको नाममा १ लाखको अक्षयकोष स्थापना गरेका छन् ।

मन्त्री ज्ञवालीले अपाङ्गता भएका बिद्यार्थीहरुलाई पढ्न मद्दत गर्ने उद्देश्यले आफ्नी अपाङ्गता भएकी छोरीको नाममा कोषको स्थापना गरेका हुन् ।

उनले आफूले १० कक्षासम्म अध्ययन गरेको रिडी माविमा क्षितिज विशेष प्रतिभा पुरस्कारका लागि अक्षयकोष स्थापना गरेका हुन् ।

उनले गुल्मीमा छत्रकोट गाउँपालिका ५ खज्याङकी अस्मिता परियारको अभिभावकत्व लिएका छन् । बीबीस्मृति प्राबि छत्रकोटमा २ कक्षामा पढ्ने परियारलाई भर्ना गर्दै उनले सम्पूर्ण खर्च व्यहोर्ने बताए ।

साथै शिक्षामा रहेको विभेद हटाउनका लागि सरकारले असहाय विद्यार्थीको अभिभावकत्व लिएर शिक्षामा परिर्वतन गर्न चाहेको पनि उनले बताए ।

प्रकाशित : 27 April, 2018

प्रतिक्रिया दिनुहोस्