केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कांग्रेसद्धारा डोल्पामा छायाँ सरकार गठन

सहयात्रा टिभी

डोल्पा । बैशाख–१६, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा कांग्रेसले छायाँ सरकार गठन गरेको छ ।

नेपाली कांग्रेसले त्रिपुरासुन्दरी नगरपालिकाका मोतीप्रसाद उपाध्यायको संयोजकत्वमा छायाँ सरकार गठन गरेको हो ।

उक्त छायाँ सरकारको सहयोगका लागी त्रिपुरासुन्दरी नगरपालिका तरुण दलका संयोजक मदनबहादुर रोकायाको संयोजकत्वमा १८ सदस्यीय तरुण दल समिति गठन गरिएको छ ।

उक्त सरकारले सो नगरपालिकाभित्रका निर्वाचित जनप्रतिनिधि तथा स्थानीय सरकारलाई राम्रो काममा सहयोग र नराम्रा काममा विरोध गर्नेछ।

अबको केही समयभित्रै बाकिँ गाउँपालिका र नगरपालिकामा पनि छायाँ सरकार गठन गर्ने तरुण दल, डोल्पाका सभापति तुलबहादुर बोहोराले जानकारी दिए।

प्रकाशित : 29 April, 2018

प्रतिक्रिया दिनुहोस्