केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कांग्रेसको केन्द्रीय समितिको अन्तिम बैठक सुरु हुन सकेन

सहयात्रा टिभी

काठमाण्डौँ । बैशाख–१६,नेपाली कांग्रेसको चुनावी समिक्षको केन्द्रीय समितिको अन्तिम बैठक आज पनि सुरु हुन सकेको छैन । आइबार बिहान ९ बजेको लागि बोलाएको भए पनि बैठक सुरु हुन सकेन ।

चैत्र ९ बाट जारी बैठक छिट्टै सकिने भनिएता पनि विभिन्न कारणले महिना दिनभन्दा बढी लम्बिएको छ। पार्टीको भावी कार्यक्रम र प्रस्तुति कस्तो रहने भन्ने विषयमा महामन्त्री शशांक कोइरालाको प्रतिवेदनलाई लिएर कांग्रेसमा तनाव उत्पन्न भएको हो।

महासमिति कहिले तोक्ने, हारको जिम्मा कसले लिने भन्ने विषय र पदाधिकारी  विवाद भएपछि कांग्रेस केन्द्रीय समितिमा चर्केको हो ।

यसका लागि देउवा र पौडेल पक्षले अआफ्नै दाबी गरेकोले शान्त हुन अझै समय लाग्ने एक केन्द्रीय सदस्यले जानकारी दिएका छन । कांग्रेस पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल केन्द्रीय कार्यालय सानेपाबाट बाहिरिएसँगै आजको बैठक पनि अनिश्चित बनेको छ ।

प्रकाशित : 29 April, 2018

प्रतिक्रिया दिनुहोस्