केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कांग्रेसको पदाधिकारी नियुक्ति तयारी

सहयात्रा टिभी

काठमाण्डौँ । बैशाख–१७,नेपाली कांग्रेसका सभापति शेरबहादुर  देउवाले २६ महिनापछि पदाधिकारी नियुक्तिको तयार गरेका छन । विधानमा दुई महिनाभित्र पदाधिकारी नियुक्त गर्ने प्रावधान छ ।

तर, २६ महिनापछि नियुक्तिको तयारी गरेपछि रामचन्द्र पौडेल पक्ष असन्तुष्ट भएको छ । सुशील कोइराले दुई महिनाभित्रै प्रस्ताव पेश गरे पनि केन्द्रीय समिति बैठक बस्न नसक्दा ढिलाई भएको थियो ।

सभापति देउवाले दुई महिनाभित्र प्रस्ताव समेत ल्याउन नसकेको पौडेल पक्षका एक नेताले बताएका छन । देउवाले विमलेन्द्र निधिलाई उपसभापति र पुर्णबहादुर खड्कालाई महामन्त्री नियुक्तिको तयारी गरेको स्रोतले बताएको छ ।

प्रकाशित : 30 April, 2018

प्रतिक्रिया दिनुहोस्