केपी ओली प्रचण्ड माधव नेपाल एमाले


जनकपुरधामको साँचो प्रधानमन्त्री मोदीलाई बुझाउने

सहयात्रा टिभी

बैशाख–१९ भारतीय प्रधानमन्त्री मोदीलाई जनकपुर भ्रमण आउदा जनकपुरधामको साँचो बुझाउने  तयारी भएको छ । ऐतिहासिक शहर भएपनि विकास निर्माणमा पछि परेकोले जनकपुरको विकासलाई कसरी अघि बडाउने भन्ने जिम्मेवारी सहित जनकपुरको साँचो मोदीलाई दिने मेयर लालकिशोर शाहले बताए ।

जनकपुरको विकासमा भारतको सहयोग कसरी लिन सकिन्छ त्यस विषयमा पनि छलफल गरिएको शाहले बताएका छन । पहिलो पटक भारतीय प्रधानमन्त्री जनकपुरको भ्रमण गर्न आउन लागेको हुदां त्यसलाई सफल बनाउन स्थानीय नागरिक समाजलाई समेत आग्रह गरेका छन ।

अगामी ११ मे विहान करिव ९ वजे भारतीय प्रधानमन्त्री मोदी जनकपुर आउने गरि प्रदेश सरकारले तयारी थालेको छ । मोदीको जनकपुर भ्रमणको वेला तीन वटा हेलिकोप्टरसँगै आउने प्रदेश सरकारको जानकारी दिईएको छ । जानकी मन्दिरमा पुजापाठसँगै जानकी मन्दिरले समेत मोदीलाई विशेष स्वागत गर्ने कार्यक्रम रहेको छ ।

जानकी मन्दिरका छोटा महन्थ रोशन दासले मोदी भ्रमणको दिन मन्दिरमा विशेष पुजापाठको व्यवस्था गरिने बताए ।  जानकी मन्दिरले पनि आफ्ना तर्फबाट मायाको चिनो प्रदान गर्ने उनले बताएका छन ।

प्रकाशित : 2 May, 2018

प्रतिक्रिया दिनुहोस्