केपी ओली प्रचण्ड माधव नेपाल एमाले


वैशाख २२ मा पार्टी एकता घोषण हुन सक्ने:प्रचण्ड

सहयात्रा टिभी

काठमाण्डौँ । बैशाख–२०,माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आउने शनिबार सम्म पार्टी एकताको घोषण हुन सक्ने बताएका छन ।

बुधबार बसेको माओवादी केन्द्रका सचिवालयको बैठकमा प्रचण्डले पार्टी एकताको विषयमा छलफल गर्दै बैशाख २२ मा कार्ल माक्सको द्विशतवार्षिकीको कार्यक्रममा एकताको मिति घोषणा हुन सक्ने बताएका हुन् । उनले एकता प्रक्रियामा लगभग सहमति भैइसकेको बताए । 

राजनीतिक प्रतिवेदन, विधान लगायतका विषयमा सहमति जुटिसकेको बैठकमा सहभागी माओवादी केन्द्रका नेता मणि थापाले बताएका छन ।

दुई अध्यक्षबीचको छलफलमा एकताका विषयमा सहमति भए दुई दिनपछि पुनः पार्टीको सचिवालय बैठक बस्ने र एकताका विषयमा औपचारिक निर्णय गरिने थापाले बताए ।

माओवादी केन्द्रका नेता गणेश शाहले प्रचण्डको भनाइ उल्लेख गर्दै सम्माजनक,न्यायोचित र समानताका आधारमा एकता हुने बताएका छन । उनले एकताको लागि सबै कुरा मिलिसकेको बताउँदै प्रचण्डले थोरै प्राविधिक विषयमा सहमति भएमा पार्टी एकता हुने बताए ।

प्रकाशित : 3 May, 2018

प्रतिक्रिया दिनुहोस्