केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एमाले र माओवादीबीच पार्टी एकता हुन सकेन

सहयात्रा टिभी

काठमाण्डौँ । बैशाख–२०,नेकपा माओवादी केन्द्रको अध्यक्ष प्रचण्ड र एमाले प्रधानमन्त्रीबीच बालुवाटारमा बसेको बैठकमा आज पनि पार्टी एकता विषयमा टुङ्गो लगाउन सकेनन ।

थप विषयमा कुरा गर्न फेरि आजै ३ बजे बैठक बस्नेगरी पहिलो चरणको भेटवार्ता सकिएको प्रचण्डको सचिवालयले बताएका छन ।

मंगलबार माओवादी सचिवालयको बैठकमा प्रचण्डले केपी ओलीसँग आज बैठक बसेर सबै कुरा टुङ्ग्याउन सकिए २२ गते नै एकता गर्ने बताए पनि पार्टी एकताबीच सहमतमा आउन सकेनन ।

बिहान सवा दश बजे बालुवाटर पुगेका प्रचण्डले ओलीलाई पौने घण्टा कुरेका थिए । तर पौने घण्टा कुरेर बसेको वार्ता आजै ३ बजे बस्नेगरी सकिएको छ ।

प्रकाशित : 3 May, 2018

प्रतिक्रिया दिनुहोस्