केपी ओली प्रचण्ड माधव नेपाल एमाले


तीन अध्यक्षबीच भेटवार्ता

सहयात्रा टिभी

काठमाण्डौँ । बैशाख–२१,शुक्रबार बिहान प्रचण्ड निवास खुमलटारमा तीन अध्यक्षबीच भेटवार्ता भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराई र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यावदबीच आज भेटवार्ता भएको हो।

भेटघाटमा सामान्य छलफल मात्र भएको नयाँ शक्तिका सुचना तथा सञ्चार विभाग प्रमुख विश्वदीप पाण्डेले जानकारी दिएका छन । तीन अध्यक्षबीच भेटवार्ता भएको माओवादी प्रवक्ता पम्फा भुसालले पुष्टि गरेकी छिन्।

एमाले र माओवादीबीच एकतामा सहमत नभईरहेको बेलामा प्रचण्डले आफ्नै निबासमा दुई नेतालाई बोलाएर गरेको भेटवार्तालाई अर्थपुर्ण रुपमा हेरिएको छ।

प्रकाशित : 4 May, 2018

प्रतिक्रिया दिनुहोस्