केपी ओली प्रचण्ड माधव नेपाल एमाले


संघीय संसद्को बजेट अधिवेशन आजबाट सुरु हुदै

सहयात्रा टिभी

काठमाण्डौँ । बैशाख–२३, संघिय संसदको बजेट अधिवेशन आजबाट सुरु हुदै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार अपराह्न ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा संघीय संसद्को अधिवेशन आह्वान गरेअनुरूप दुवै सदनको बैठक बस्न लागेको हो ।

एक महिनाको अन्तरालपछि संसद्को दोस्रो अधिवेशन सुरु हुन लागेको छ। राष्ट्रपति कार्यालयबाट प्राप्त संसद अधिवेशन प्रारम्भ भएको जानकारी पत्र पढेर सुनाउने कार्यसुची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठकमा दुवै सभाको नियमावली मस्यौदा समितिको प्रतिवेदन पेस हुने सचिवालयले जानकारी दिएको छ ।

प्रकाशित : 6 May, 2018

प्रतिक्रिया दिनुहोस्